सिरहाको जिल्ला अधिवेशन बदर गर्न माग गर्दै सानेपामा पत्र

काठमाडौं । सिरहाका जिल्ला सभापति रामचन्द्र यादवलाई पद मुक्त गरी गराई विधि सम्मत रूपमा अधिवेशन गराउन माग गर्दै केन्द्रीय कार्यालय सानेपामा निवेदन दर्ता भएको छ।

पार्टी केन्द्रीय समिति बैठक बस्नुअघि मधेश प्रदेशका १२ नेताहरूले स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा मधेश प्रदेश भरिमा सबैभन्दा कमजोर परिणाम सिरहामा भएकोले अवैधानिक रूपमा रहेका सभापतिलाई हटाएर अधिवेशन गराउन माग गरेका हुन्।

उनीहरूले १४ औँ अधिवेशन जिल्ला सभापति यादव अवैधानिक, व्यवहारिक र नियमावली, निर्देशिका, आचार संहिता विपरीत रूपमा चलेको आरोप लगाएका छन्।

७७ जिल्ला मध्ये ७६ जिल्लाको जिल्ला अधिवेशन सदरमुकाममा हुने र सिरहा जिल्लाको मात्र अन्यत्र ठाउँमा गराई धाँधली गरेको उनीहरू, एक पक्षीय ढंगबाट गोलबजारमा तोकी निर्वाचन अधिकृत साजिव लामा र प्रहरी प्रशासनको मिलेमतोबाट बुथ क्याप्चर गराएको आरोप छ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन समेतमा जिल्ला सभापतिले निर्वाह गर्नु पर्ने कार्य निर्वाह नगरेको हुँदा पार्टीको टिकटबाट उम्मेदवार भएका मध्ये कसैले पनि विजय हुन नसकेको उनीहरूको निष्कर्ष छ।

पार्टी कार्यालयमा निवेदन दर्ता गर्नेमा पूर्व सांसद अमियकुरमा यादव, गणेश मण्डल, नरेशकुमार यादवलगायत १२ जना रहेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *