मानुषीको नेतृत्वमा नेसपाले गर्‍यो सूचना तथा सञ्चार प्रविधि विभाग गठन

काठमाडौं । नेपाल समाजवादी पार्टीमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन भएको छ । मानुषी यमी भट्टराईको नेतृत्वमा विभाग गठन भएको हो ।

विभागले पार्टी संगठनका अभिलेखहरू डिजिटलाइज गर्ने, पार्टीको संगठन विस्तार लगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने पुग्ने गरी विभाग गठन गरिएको नेसपाले जनाएको छ ।

नेसपाका अनुसार पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदि मार्फत डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुनेछ ।

निर्धारित उद्देश्य पूरा गर्न पालिका तहसम्म विभागमा रहेर सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्न सक्ने सक्षम व्यक्ति पहिचान गर्ने, आधिकारिक वेबसाइट, युट्युब च्यानल, सामाजिक सञ्जाल एकाउन्ट व्यवस्थित गर्ने, राज्यका सूचना, सञ्चार एवं प्रविधिसँग सम्बन्धित नीति/कानून निर्माण र कार्यान्वयन स्थितिको अध्ययन र अनुगमन गर्ने कार्य गर्ने नेसपाले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *