लुम्बिनीमा समाजवादी मोर्चाले थाल्यो काम

रुपन्देही । केन्द्रमा समाजवादी मोर्चा बनाएका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लुम्बिनीमा प्रदेशस्तरीय मोर्चामार्फत काम थालेका छन् ।

समाजवादी मोर्चाको लुम्बिनी प्रदेशस्तरीय प्रारम्भिक बैठकले केन्द्रीय योजना कार्यान्वयनसँगैसामूहिक दृष्टिकोण निर्माण गर्ने निर्णय गरेको छ ।

बैठकपछि मोर्चामा रहेको नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा प्रदेश अध्यक्ष अशोक यादव, नेकपा एसका प्रदेश अध्यक्ष राजु गुरुङ, नेपाल कम्युनिष्ट पार्टीका लुम्बिनी ब्युरो इन्चार्ज बसन्त सीले जारी गरेको सामूहिक विज्ञप्तिअनुसार संघीय सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई कडाइका साथ लागू गर्न अनुरोध गर्ने, विपत्तिको तयारीका लागि तीनै तहको सरकारलाई आग्रह गर्नेलगायतका निर्णय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *