काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल बराबरी गरेकी हुन् ।
त्यसअघि ६५औं मिनेटमा बंगलादेशले कप्तान सविना खातुनको गोलमा अग्रता लिएको थियो । त्यसपछि नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापोले वन भर्सेस वनमा बंगलादेशी खेलाडीलाई निराश बनाएकी थिइन् ।

Leave a Reply