राष्ट्रिय सहमतिको सरकार बनाउन नसके पनि राष्ट्रियताका सवालमा दलहरू एकजुट हुनुपर्छ : देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालको राष्ट्रियता अहिले अत्यन्त कमजोर बन्दै गइरहेको बताएका छन्।

बिहीबार ‘चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै देशको राष्ट्रियताको रक्षाको लागि सबै दलहरू एकजुट हुनुपर्ने बताए।

राष्ट्रियतालाई प्राथमिकता दिँदै माओवादीले राष्ट्रिय सहमतिको प्रसङ्ग उठाउँदै आइरहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले राष्ट्र र जनताको स्वार्थ भन्दा पनि नेताहरू र दलको स्वार्थलाई केन्द्रित भएको छन्। अहिले पद प्रतिष्ठाको लागि एकले अर्कालाई निषेध गरेर जाने प्रवृत्ति बढिरहेको छ। अहंकार हाबी हुँदै जाँदा अहिले राष्ट्रिय एकता हुन सकेको छैन। एकले अर्कालाई निषेध गरेर अघि बढ्दा प्रतिक्रियावादी शक्तिहरूले खेल्न खोजेका छन्।’

सरकार बनाउने कुरामा राष्ट्रिय सहमति हुन नसकेपछि राष्ट्रिय मुद्दाहरूका सवालमा सबै दलहरू एउटै ठाउँमा उभिनुपर्ने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *