रुपन्देही । गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा बस्ने टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिए ।
आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन्।
घाइते टीकालाई उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो।

Leave a Reply