कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरले खुलायो अनलाइन आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुलाएको छ ।

महानगरको शिक्षा विभागले सूचना जारी गर्दै असार २८ बिहान १० बजेदेखि साउन १२ गते राती ११ः५९ बजेसम्म विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि महानगरको वेबसाइटमार्फत अनलाइन दिनुपर्नेछ ।

छात्रवृत्तिका लागि आगामी साउन २० गते बिहान ११ बजेदेखि परीक्षा सञ्चालन हुने सूचनामा जनाइएको छ ।

Comments

One response to “कक्षा ११ को छात्रवृत्तिका लागि काठमाडौं महानगरले खुलायो अनलाइन आवेदन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *