हट अवतारमा ‘फूलमाया’, टिकटकमा गाली आएपछि भिडिओ डिलिट गर्न आग्रह

काठमाडौं । प्रकाश सपुतको गीत ‘फूलमाया…’ मा अभिनय गरेर रातारात हिट भइन् नवयौवना कुसुम शर्मा । अहिले उनलाई आफ्नो वास्तविक नामले भन्दा ‘फूलमाया’ भनेर नै धेरैले चिन्छन् ।

ह्वात्तै उब्जिएको फ्यान फ्लोइङलाई सम्हाल्न फूलमायालाई सहज भइरहेको छैन । उनका हरेक गतिविधिलाई फ्यानहरूले नजिकबाट नियालिरहेका छन् र सानो गल्तीमा पनि उनले ठूलो प्रतिक्रिया खेप्नुपर्ने अवस्था छ । जस्तो कि अहिले टिकटकमा राखिएको एउटा भिडिओ क्लिपले दुख दिइरहेको छ । यो भिडिओ क्लिप उनी स्वयम्ले हालेकी भने होइनन् ।

‘भाइरल नेपाली’ नामक आइडीबाट हालिएको भिडिओमा फुलमाया ‘हट’ अवतारमा देखिन्छिन् । माथि ह्वाङ्गै खुलेको लुगा लगाएकी छिन्, उनले । तर, उनको यो पहिरन फ्यानहरूले पनि रुचाएको देखिएन । धेरैले भद्दा कमेन्ट गरेका छन् भने कतिपयले उनलाई उच्छृङ्खल पहिरन लगाएर आफ्नो छवि नबिगार्न सुझाव दिएका छन् ।

कुसुम अब साँच्चै प्रकाश सपुतको गीतकी ‘फुलमाया’ पात्रजस्तै बन्न थालेको टिप्पणी पनि केहीको छ ।

नकारात्मक टिप्पणीहरूको वर्षा भएपछि कुसुमले कमेन्ट बक्समै आफ्नो भिडिओ हटाइदिन आग्रह गरिन् । उनले लगातार ६ वटा कमेन्ट लेख्दै भिडिओ हालेकोमा असन्तुष्टि जनाएकी छन् ।

तर, उनको भिडिओ भने हटेको छैन ।

कुसुमले लेखेकी थिइन्, ‘मेरो अनुमति बिना यसरी अर्कालाई डोमिनेट गर्ने काम ठिक हो त ? सबैले सामना गर्न सक्छ भन्ने हुन्छ र भन्या के ?’
उनको अर्को कमेन्ट छ, ‘डिलिट गर्नु भनेसि हुँदैन दाइ ? राम्रोसँग भनेर लाग्दैन ? मेरो अकाउन्टबाट पोस्ट भाको छ र यो ? ड्रेस ट्राई गर्दाको भिडिओ कसरी आयो के था ?’

Comments

One response to “हट अवतारमा ‘फूलमाया’, टिकटकमा गाली आएपछि भिडिओ डिलिट गर्न आग्रह”

  1. KB Gurung Avatar
    KB Gurung

    laaj lagdaina testo sexy banna lai? k timi western country ma xau?

Leave a Reply

Your email address will not be published. Required fields are marked *