प्रधानमन्त्रीले अभिव्यक्ति गलत थियो भनेपछि राजीनामा गर्नुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अभिव्यक्ति गलत थियो भनेर स्वीकारेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सांसद पन्तले प्रधानमन्त्रीले प्रधानमन्त्रीका हैसियतले सो अभिव्यक्ति दिनु आफ्नो कमजोरी भयो भनिसकेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । उनले गल्ती गर्ने र स्वीकार गरिसकेपछि पुनः प्रधानमन्त्री भइरहन नैतिकताले नदिने बताए । उनले प्रधानमन्त्रीले संसदमा दिएको उत्तर पनि चित्तबुझ्दो नरहेको बताए ।

‘प्रधानमन्त्रीको उत्तर लामो गन्थन, आफ्नो छोरीको विभिन्न घटनाको सम्झना गर्नुभयो । तर राजनीतिक रुपमा दिएको उत्तर चित्तबुझ्दो थिएन । हामीले मागेको राजीनामा पनि नैतिकताका आधारमा नै हो । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरामा म कन्भिन्स छु । म अहिले पनि कायम छु, बहुमत छ, प्रतिपक्षले माग्दैमा राजीनामा दिने हो भने गलत नजिर बस्छ भन्नुभयो, प्रतिपक्षले बिना आधार राजिनामा माग्दैन’, उनले भने, ‘उहाँले संसदमा उभिएर प्रधानमन्त्रीको रुपमा बोल्नु नहुने कुरा बोलेँ भन्ने अनि कसरी प्रधानमन्त्री छोड्दिन भन्न मिल्छ ? हाम्रो विजयी भयो, नैतिक रुपले हामीले आफ्ना कुरा स्थापित गरेका छौँ । उहाँले गल्ती स्वीकारेपछि उहाँ नैतिक रुपमा प्रधानमन्त्रीमा बस्नु हुँदैन ।’

सांसद पन्तले गल्ती स्वीकारेपछि नैतिक रुपमा प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने बताए ।

 

Comments

One response to “प्रधानमन्त्रीले अभिव्यक्ति गलत थियो भनेपछि राजीनामा गर्नुपर्छ : रघुजी पन्त”

  1. Dinesh Avatar
    Dinesh

    दिल्लीमा हस्पिटल मा तपाईं प्रधानमन्त्री बन्नुस भन्दा राजीनामा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *