अभिभावकलाई स्मार्ट प्यारेन्टिङको अभिमुखीकरण सम्पन्न

काठमाडौं । स्मार्ट प्यारेन्टिङ्ग नेपालले जेसीआई कीर्तिपुर र आई हब काठमाण्डुको संयोजकत्वमा अभिभावकीय अभिमुखीकरण कार्यक्रम गरेको छ ।

आइतबार टेकुस्थित आइ हब काठमान्डु एफ एन सीसीआई बिल्डिङ्गमा आयोजित कार्यक्रममा युनिसेफको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रकाशित गरेको ‘अभिभावक शिक्षा’ पुस्तकमा आधारित रहेर प्रशिक्षण दिइएको थियो ।

स्मार्ट प्यारेन्टिङ्ग नेपालका प्रशिक्षक सावना भट्टले प्रारम्भिक बाल विकासमा बुबाको भूमिकाबारे र अर्का प्रशिक्षक अंशु सिंह मानवले बालबालिकासँग कुराकानी र सञ्चारको बारेमा सहभागीहरुलाई सचेतना दिएका थिए ।

जेसीआई कीर्तिपुरका प्रेसिडेन्ट विनेश डंगोलले स्मार्ट प्यारेन्टिङ्ग नेपालले अभिभावक शिक्षाको प्रचार प्रसारमा खेलेको भूमिकालाई प्रशंसा गर्दै अभिभावक हुनु एकदम संवेदनशील जिम्मेवारी भएको बताए ।

उनले अभिभावक हुनको लागि पनि लाईसेन्सको व्यवस्था हुनुपर्ने आफ्नो धारणा राखेका थिए ।

स्मार्ट प्यारेन्टिङ्ग नेपालका सह-संस्थापक कविन्द्र नापितले अभिभावक शिक्षा सम्बन्धित कुनै पनि कार्यक्रम गर्न वा अभिभावकिय ज्ञान अभिवृद्धिका लागि स्मार्ट प्यारेन्टीङ्ग नेपालले कार्य गर्दै आएको उल्लेख गरे भने आवश्यक तालिमका लागि सम्पर्क गर्न सकिने बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *