नगर प्रहरीले ठेलागाढा खोसेको भिडिओ सेयर गर्दै बाबुरामले भने- काठमाडौं गरिबको पनि सहर हो नभुलौँ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शहरी गरिब र अनौपचारिक श्रमिकहरूको उचित व्यवस्थापनको वैकल्पिक योजना नबनाई यसरी उनीहरूलाई सार्वजनिक रूपले अपमान गर्नु र राज्य हिंसाको प्रयोग गर्नु आपत्तिजनक भएको बताएका छन्।

काठमाडौं महानगरपालिकाको फुटपाथ र ठेलामा सामान बेच्न रोक लगाउँदै बाहिर बेच्न राखेको सामान नगर प्रहरी लगाएर उठाउन थालेपछि उनले असन्तुष्टि जनाएका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘हाम्रो जस्तो संक्रमणकालीन अर्थतन्त्रमा शहरीकरण सँगसँगै यी समस्या आउनु स्वाभाविक हुन्छ। बलप्रयोग हैन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा यसको स्थायी समाधान खोजौँ !’

उनले तत्काललाई विभिन्न वडाहरूमा निश्चित ठाउँ र समय तोकेर अनौपचारिक स्वव्यवसाय गर्न दिनुपर्ने उनको भनाइ छ।

उनले थपेका छन्, ‘नेपाल र राजधानी शहर धनी गरिब सबै नेपालीको हो भन्ने नभुलौँ !’

Comments

2 responses to “नगर प्रहरीले ठेलागाढा खोसेको भिडिओ सेयर गर्दै बाबुरामले भने- काठमाडौं गरिबको पनि सहर हो नभुलौँ”

  1. ksp pyl Avatar
    ksp pyl

    तिम्रो घर अगाडि राख्न देउ न त ।

  2. Gb Rai Avatar
    Gb Rai

    बाबुराम जी! सडकमा ब्यापार गर्ने र काठमाडौंको सुकुम्वासी एउटै हाे? याे पनि नभुल्नुहोला!! पत्रकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *