गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार थाम्सुहाङ र घिमिरेलाई

काठमाडौं । यो वर्षको गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) र युवराज घिमिरे (घिमिरे युवराज) लाई प्रदान गरिएको छ ।

थाम्सुहाङले काव्य विधा र घिमिरेले नाटक विधामा पुरस्कार पाएका हुन् ।

संस्कृति तथा पर्यटन मन्त्रालयले  बुधवार दुई जनालाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र कुमार केसीले बताए ।

सरकारले २०७५ सालमा रिमालको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *