काठमाडौं । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहेको बताए ।
उनले भने, ‘कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको छ । त्यो राम्रो संकेत होइन । सरकारले ‘ऋण लिएर घिऊ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको छ ।’

Leave a Reply