प्रचण्डले गरे वाईसीएलका नेताहरूसँग पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनेबारे छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भातृ संगठन वाईसीएल नेताहरूसँग छलफल गरेका छन्।

वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले नयाँ ढंगको पार्टी निर्माणको विषयमा छलफल भएको बताए।

उनले भने, ‘सरकारले चालेका जनपक्षीय कदमको साथ, समर्थन गतिशीलता, नयाँ ढंगको पार्टी निर्माणमा नयाँ प्रयोग लगायत समसामयिक विषयमा छलफल भयो।’

उनले देशको आवश्यकतासहितको नेतृत्वमा केन्द्रिकरण गर्ने विषयमा गम्भीर छलफल भएको बताए। सरकारले गरेको जन पक्षीय कामको रक्षा गर्दै अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएको बताए।

उनले भने, ‘नेतृत्वमा एकलव्य केन्द्रिकरणले मात्रै सरकारका जनपक्षीय कामहरूको रक्षा, नयाँ विचार, कार्यशैली, नयाँ संस्कार र संस्कृतिसहितको नयाँ पार्टी निर्माण सम्भव छ भन्ने गहिरो अनुभूति भयो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *