नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो ।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।

सोही स्थानमा गत बिहीबारदेखि पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार सवारीसाधन आउजाउ गर्ने गर्दछन् । पटक–पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

Comments

One response to “नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध”

  1. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    धेरै बर्ष देखि यो समस्या आइरहेको छ कि त सुरूङ्ग मार्ग बनाउनका लागि रकम छुट्याउ कि पारीबाट पुल सहित बाटो बनाइयोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *