प्रतिनिधिसभा बैठक : आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक ११ बजे बिहान बोलाइएको छ ।

आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक विधेयक २०८०  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

सो राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश हुने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *