लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरु प्रतिवद्ध हुन सकेनन्ः अग्नि सापकोटा (भिडिओ)

काठमाडौं । पूर्वसभामुख अगिनप्रसाद सापकोटाले नेपालका राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको बताएका छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले पार्टीभित्र विचौलिया, माफिया मात्रै नभइ एकअर्कालाई आरेप लगाएरु मूल्य, मान्यता र आदर्शमाथि नै प्रहार भइरहेको बताए ।
उनले लोकतन्त्र बलियो बनाउका लागि नेपालका राजनीतिक दलहरु प्रतिवद्ध हुन नसकेको बताए ।

उनले भने, ‘कमिसन, अहिले विचौलिया, माफियाहरुको मात्रै होइन, पार्टीभित्र पनि एक अर्कालाई आरोप लगाएर के हो त्यो पार्टीको मूल्य मान्यता, आदर्श, हामी कतातिर गइरहेका छौँ । अहिले पार्टीभित्र केही कुराको कमी छ भने, हाम्रो राजनीतिक जीवनका हरेक क्षेत्रमा केही कुराको कमी छ भने त्यो लोकतन्त्रको कमी छ । लोकतन्त्र भनेको कुनै प्रवचनको विषय होइन । लोकतन्त्र भनेको कुनै भाषणको विषय होइन । लोकतन्त्र भनेको जीवन व्यवहार हो, नयाँ सभ्यता र संस्कृति हो । लोकतन्त्र भनेको हामीलाई अघि बढाउने महान सिद्धान्त हो । त्यसका लागि पार्टीहरु प्रतिवद्ध भएको मैले देखिनँ ।’

पूर्वसभामुख सापकोटाले कुनैपनि लाभका लागि सिद्धान्तको बली चढाउनु निर्लज्जताको कुरा भएको बताए । उनले पछिल्लो समय राजनीतिक सिद्धान्तमा पनि विचलन भइरहेको बताए ।

 

Comments

One response to “लोकतन्त्र बलियो बनाउन राजनीतिक दलहरु प्रतिवद्ध हुन सकेनन्ः अग्नि सापकोटा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    एक नम्बरको गैर कानूनी काम गर्ने तिमी अझ ठूला कुरा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *