जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन्ः माधवकुमार नेपाल (भिडिओ)

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

६५ औं संसद दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दवाव दिने काममा लाग्न पनि सांसदहरुलाई आग्रह गरे । जनताको प्रतिनिधि भएको नाताले सांसदहरुले उनीहरुको सेवाको काममा केन्द्रित हुन सरकारलाई दवाव दिनुपर्ने उनको भनाई थियो ।

उनले भने, ‘जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ । यी सबैमा निगरानी जनताका प्रतिनिधिहरुकै हुन्छ । जनताको प्रतिनिधिको हैसियतले सांसदहरुले नै यो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । यस अर्थमा सांसदहरुको भूमिका कतिको प्रभावकारी हुन सकेको छ ? सांसदहरुको दवावले कति काम गर्न सकिएको छ ? यो आफ्नो ठाउँमा छ । सांसदहरुको भूमिकाको सन्दर्भमा सरकारको भूमिकाको महत्वपूर्ण भूमिका हुन्छ । सुन्नुपर्ने निकायले सुनिदिएन भने, गर्नुपर्ने निकायले चासो राखि दिएनन् भने त्यसले ठूलो समस्या खडा गर्छ । त्यसो हुनाले सबै बीचको सम्बन्ध अनुन्याश्रित छ ।’

अध्यक्ष नेपालले देशको स्वाभिमानको रक्षा गर्ने विषयमा सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्नेमा पनि जोड दिए ।

 

Comments

2 responses to “जनताको अपेक्षा अनुसार सरकारले काम गर्न सकेन्ः माधवकुमार नेपाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    विकास किन हुनु ? यो सरकार मोदीको निर्देशनमा उसका गुलामहरू मिलेर बनेको हो । यसको मुख्य काम एमालेलाई कमजोर बनाउनु हो । दोश्रो मुख्य काम देश लुटनु हो । एमालेले चीनतर्फ पनि बाटो बनाउन थाल्यो । रेलले जोडने कुरा गर्न थाल्यो । चीनबाट समुन्द्रसम्म पुग्न खोज्यो । गुमेको जमिन ल्याउन थाल्यो। स्वाभिमान बचाउन थाल्यो । मोदीलाई सही नसक्नु भयो । भारत नेपाललाई सधैं गुलाम बनाउन चाहान्छ । नेपालको विकास भएको देख्नै सक्दैन । त्यसैले विकास गर्न बनेको सरकार भए पो विकास भएन भन्नू । यो त मोदीको आदेश पालना गर्न र देश लुटन मोदीले बनाएको सरकार हो । आफैं गुलाम भएर विकास भएन भन्न लाज छैन ?

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    तिमी जनताको मुक्तिको लागि होइन आफ्नो कोटरी जम्मा गर्न आफ्नो मान सम्मान का लागि हौ भनन एउटामात्र राम्रो काम हामी पनि २०३५/३६ देखि अखिल माले हुँदै आजसम्म निरन्तर एमाले र जनताको लागि भुई मान्छे भएर लागि राखेका छौ पन्च कांग्रेस र माओवादीको यातना सहेर जनतालाई केही हुन्छ कि भनेर लागेको छौ विभिन्न घटनाक्रम हामीले पनि हेरेका छौ बकम्फुुस्से गफ खै पत्याउन सकिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *