पहिराेले अवरुद्ध नारायणगढ-मुग्लिङ सडक खण्ड ३० घण्टापछि सुचारु

काठमाडौं । सुख्खा पहिरोका कारण हिजोदेखि अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड सुचारु भएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका ५ स्थित उक्त सडक खण्डको ३ नं. पुुलमा माथिबाट खसेको सुख्खा पहिरोले दुवैतर्फको आवतजावत रोकिएको थियो । हिजो करिब ९ः३० बाट अवरुद्ध बाटो आज ५ बजेर २० मिनेटमा खुलेको नेपाल प्रहरीले जनाएको छ ।

करिब ३० घण्टापछि पहिरो पन्छाएर सडक सुचारु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *