पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय कानून नबन्दा प्रदेशका एकल अधिकार कार्यान्वयनमा समस्या भएको बताएका छन् ।
पोखरामा जारी अन्तरप्रदेश मुख्यमन्त्री बैठकमा उनले संघीय कानून नबन्दा प्रदेशका एकल अधिकार कार्यान्वयनमा समस्या भएको बताएका हुन् ।
ऐन बनाएर अधिकार कार्यान्वयनको बाटो खोलिदिन प्रधानमन्त्रीसमक्ष मुख्यमन्त्री पाण्डेले आग्रह गरे ।
बैठकमा कोशीबाहेक ६ प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।

Leave a Reply