काठमाडौं । पहिरोले नारायणगण-मुग्लिन सडक अवरोध भएको छ ।
गएराति चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खसेकाले दुवैतर्फी बाटो अवरोध भएको हो । सडक अवरोधका कारण सयौं यात्रु अलपत्र परेका छन् । अहिले सडक विभाग र प्रहरीको टोली स्काभेटरसहित पहिरो पन्छाउन परिचालित छन् ।

काठमाडौंबाट भरतपुरतर्फ गएका ठूला सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा तथा नारायणगढबाट काठमाडौं, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबीरे, जुगेडी क्षेत्रमा रोकिएका छन् ।

बिहान सवा १ बजे सडक खुलाइएकोमा पुन: पहिरो झरेको प्रहरीले बताएको छ ।
पहिरो अझै नरोकिएकोले अवरोध हटाउन समस्या भएको छ ।


Leave a Reply