११ दिनपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल डिस्चार्ज भएका हुन् ।

विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चिकित्सकहरूका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । राष्ट्रपति पौडेललाई अस्पताल  भर्ना गरेकाे ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि असार ५ गते पेसमेकर राखिएकाे थियाे ।

स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई राष्ट्रपतिले धन्यवाद प्रकट गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *