काठमाडौं। भक्तपुरको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परेका छन्।
भारतीय प्रहरीको सहयोगमा उनलाई मुम्बईबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले शर्मालाई सोमबार काठमाडौं ल्याइपुर्याएको छ।
उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न ठाउँमा शाखा रहेको शिवशिखरले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सीआईबीमा उजुरी परेको थियो।

Leave a Reply