भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या

काठमाडौ । काठमाडौबाट भैरहवा उड्न लागेको बुद्ध एयरको जहाजमा समस्या देखिएको छ ।

जहाजको स्मोक (धुँवा) डिटेक्टरमा समस्या आएपछि रनवेमा नपुग्दै फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले नेपाल प्रेसलाई बताए ।

साढे ४ बजे उड्नुपर्ने ८५९ जहाजमा समस्या देखिएपछि फर्काइएको हो । यात्रुलाई अर्कै जहाजमा पठाउने तयारी भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *