रास्वपाको चेतावनी- जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्छौं (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला निर्वाचन कार्यालयसम्बन्धी निर्णय खारेज नभए प्रतिरोध गर्ने चेतावनी दिएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रमाथि षड्यन्त्र भएको बताए।

उनले भने, ‘यो राजनीतिक आन्दोलनले स्थापित गरेको व्यवस्था हो। यो व्यवस्थामाथि षड्यन्त्र गर्न पाइँदैन। स्वतन्त्र र संवैधानिक व्यवस्था भएको निर्वाचन आयोगलाई सरकारको सिडिओ कार्यालयमार्फत राख्नु यो राजनीतिक कुचेष्टा हो।’

यो व्यवस्थामाथि राजनीतिक दलहरूले हस्तक्षेप गरे आफूहरू मौन नबस्ने चेतावनी दिए।

उनले सरकार यो निर्णयबाट पछि नहटे आफूहरू प्रतिरोधमा उत्रने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *