रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार

काठमाडौं । रोमानियामा रहेका गायक प्रकाश सपुतमाथि गीत गाउने क्रममा क्यान बियरको बोतल प्रहार भएको छ । दर्शक दीर्घाबाट फ्याँकिएको बोतल उनको टाउकोमा लागेको थियो ।

गायक सपुत केही दिनअघि सांगीतिक कार्यक्रमका लागि रोमानिया गएका थिए । हिजो नेपाली समय अनुसार १२ बजे राति स्टेजमा गीत गाइरहँदा उनीमाथि आक्रमण भएको हो ।

सपुतले ‘बोल माया…’ गीत गाइरहँदा अचानक आधा पिएको क्यान बियर हुर्‍याइएको थियो । सपुतले त्यसलाई छल्न भ्याएनन् । उनको निधारमा सामान्य चोट लागेको सपुतसँगै रहेकी गायिका प्रीति आलेले जानकारी दिइन् ।

सपुतलाई हमला गर्ने नियतले नभई रक्सीको तालमा प्रहार भएको आयोजकले जनाएको छ । सो घटनापछि कार्यक्रम आधा घण्टा जति बिथोलिएको थियो । त्यसपछि फेरि सपुतले गायनलाई निरन्तरता दिए ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । यद्यपि, कुनै प्रहरी कारबाही गरिएको छैन । आयोजकहरूले घटनाको जिम्मेवारी आफूहरूले लिने बताएका छन् ।

Comments

3 responses to “रोमानियामा गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार”

  1. ईन्द्र तमु Avatar
    ईन्द्र तमु

    Tyo beer bharieko can le bhanne badamas lai punishment ko sathai Nepal pathaera punishment dinu parchha tyo pasu nai rahechha.

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    घटना घटाउने को रहेछन् बिषयके रहेछ

  3. Dipak karki Avatar
    Dipak karki

    नेपाली होनि देखाउनु पर्छ जड्याहा कुकुर लाई कार्बाही होस आयोजक रोमानिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *