सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले गरेको विवाहले मिडिया र सोसल मिडियालाई गसिपका थुप्रै शीर्षक दिइरहेको छ । कतिले उनीहरुको विवाहलाई उदाहरणीय भन्दै बधाइ दिएका छन् त कतिले नचाहिँदो तमासा देखाएको भनेर खिज्याएका छन् ।

रविनाको विवाहका तस्वीर र भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहँदा एउटा नयाँ चर्चाले सरगर्मी बढाइदिएको छ । यो चर्चा हो, रविनाका छोरा तथा प्रियंकाका श्रीमान आयूष्मानकी पूर्वप्रेमिका परमिता आरएल राणाको आयूष्मानका भाइ आशिरमानसँग निकटता । रविनाको विवाहमा परमिता उपस्थित मात्र थिइनन्, उनी यत्रतत्र छाएकी थिइन् ।

सार्वजनिक भएका फोटो र भिडिओले परमिता र आशिरमानबीच नयाँ सम्बन्धको विजारोपण भइरहेको संकेत गर्छन् । विवाहपछि रविना र उनका श्रीमान बसन्तपुर दरबार स्क्वार घुम्न जाँदा आशिरमान र परमिता उनीहरुसँगै देखिएका थिए ।
सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकाको उपस्थितिलाई प्रियंकाले पनि अन्यथा लिइनन् ।

बरु एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा प्रियंका परमितासँग रमाउँदै डान्स गरिरहेको देखिन्छिन् । श्रीमती र पूर्वप्रेमिकाको यो अन्तरघुलनलाई लिएर धेरैले अनौठो मानेका छन् ।

त्योभन्दा अनौठो चाहिँ दाजुसँग ब्रेकअप भएपछि भाइसँग प्रेम (यदि सत्य हो भने) हो । तर प्रियंकाको परिवारलाई बुझेकाहरुका लागि यो कुनै अनौठो कुरा होइन । यो ‘उत्तर आधुनिक’ परिवारमा जे पनि सम्भव छ ।

स्मरणीय छ कि परमिता र आयुष्मान लामो समय प्रेममा थिए । प्रियंकासँग प्रेम सुरु भएपछि आयुष्मान परमितासँग टाढिए । प्रियंकाले आयुष्मानलाई कुनै समय भाइ भन्थिन् । पछि प्रेम परेर विवाह गरेकी हुन् । उनीहरुबाट एक छोरी छिन् ।

 

Comments

4 responses to “सासूको विवाहमा श्रीमानकी पूर्वप्रेमिकासँग प्रियंकाको मस्ति, दाजुपछि भाइसँग सुरु भएको हो परमिताको रोमान्स ?”

  1. तोर्पे दाइ Avatar
    तोर्पे दाइ

    लाज शरम छैन पश्चिमा हरु को सस्कार मा रमाउन चाहाने हरु लाइ जे पनि छुट

  2. roshan thapa Avatar
    roshan thapa

    कहि नभएको जात्रा हाडिगाउ हाे कि के भन्थे 🤣🤣🤣🤣

  3. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    स्वतन्त्रताको नाममा म्रो समाज गलत बाटोमा नजावस।

  4. him lal Charti magar Avatar
    him lal Charti magar

    नेपालमा पनि समय सङ्गै सस्कार बद्लियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *