काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयहरुलाई कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरुसँग के–के शीर्षकमा के कति शुल्क लिने भन्नेबारे जानकारी गराउन पत्र पठाएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सबै ११/१२ कक्षा सञ्चालित विद्यालयहरुलाई पत्र पठाएर यस्तो विवरण यही असार मसान्त भित्र पठाउन भनेका हुन् ।
‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा २७ (९) बमोजिमको विद्यालय व्यवस्थापन समितिको निर्णयसहित शुल्क प्रस्ताव २०८० असार मसान्त भित्र यस विभागमा उपलब्ध गराइदिनु हुन अनरोध छ’, पत्रमा भनिएको छ ।


Leave a Reply