काठमाडौं । सरकारले यसै साता २४ अर्ब ११ करोड २५ लाख रूपैयाँ आन्तरिक ऋण उठाउँदैछ । जसको ठूलो हिस्सा पुराना ऋणको नवीकरण हुनेछ । २० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गरिँदैछ भने ३ अर्ब ६१ करोड रूपैयाँ नयाँ ऋण उठाइने छ ।
नेपाल राष्ट्र बैंकले ट्रेजरी विल्समार्फत सो रकम उठाउन लागेको हो । यो ऋण सोमबार बोलकबोल भई मंगलबार जारी हुनेछ । ३ अर्ब ६१ करोड रुपैयाँ ९१ दिने ट्रेजरी विल्समार्फत उठाइने केन्द्रीय बैंकले जनाएको छ । यस्तै नवीकरण गर्ने ट्रेजरी विल्स भने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने रहेका छन् ।

Leave a Reply