हेटौँडा । हेटौडामा ट्रिपरले ठक्कर दिँदा एक स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–२ चौकी टोलमा गए राति भएको सो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको हो ।
समाचार अनुसार बाग्मती प्रदेश ०३-००१ ख ८५१ नम्बरको टिपरले भैँसेबाट हेटौँडा आउँदै गरेको बाग्मती प्रदेश ०३-००२ प ६४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सो ठक्करमा परी घाइते भएका २५ वर्षका अमित कपाडीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार टिपरको ठक्करबाट घाइते भए लगत्तै उनलाई हेटौडा अस्पतालमा उपचारका लागि ल्याइएको थियो, सोही उपचारको क्रममा उनको मृत्यु भएको हो ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सो घटना बारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply