नेपालको आरोप- कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले दलाल पूँजीवादी देउवालाई फकाइरहेको छ (भिडिओ)

काठमाडौं । कम्युनिष्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीका विरुद्ध आक्रामक बनेका छन् ।

पार्टीको सम्पर्क विभागले शुक्रबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले समाजवादी र कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध बनाउनुपर्नेमा ओलीले प्रचण्डलाई ढालेर कांग्रेसलाई सत्ताको नेतृत्व दिन चलखेल गरिरहेको आरोप लगाए ।

नेपालले भने, ‘ठूलो पार्टीले समाजवादी शक्तिलाई एकताबद्ध बनाउन चाहेन । उसले अहिले पनि के चाहेको छ भने केपी ओलीले कांग्रेसलाई प्रभावित पारेर कांग्रेसले नै सरकार चलाओस्, हामी साथ दिन तयार छौं भनिरहेका छन् । कस्तो बिडम्बना, त्यो कम्युनिष्ट पार्टीको चरित्र कस्तो होला ? जुन कम्युनिष्ट पार्टीका नेताले कम्युनिष्ट प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल प्रचण्डको सरकार ढालेर दलाल पूँजीवादी कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन चलखेल गरिरहेका छन् ।’

अध्यक्ष नेपालले समाजवादी शक्तिलाई एकताबद्ध बनाउने पहल आफूहरुले गर्दा केपी ओली बर्बराइरहेको आरोप लगाए ।

उनले समाजवादी मोर्चाको नेतृत्व आफूले गरेको र नेकपा एसको अस्तित्व तथा शक्तिलाई सबैले स्वीकार गरेको दाबी गरे ।

नेपालले नेकपा एसले नै अबको नेतृत्व गर्ने भन्दै प्रतिगमनको दिशामा गएको राजनीतिको कोर्स आफूले नै बदलेको दाबी गरे ।

Comments

5 responses to “नेपालको आरोप- कम्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले दलाल पूँजीवादी देउवालाई फकाइरहेको छ (भिडिओ)”

  1. Mahesh Avatar
    Mahesh

    निर्लज्जताको पराकाष्ठा! माकुने कति बदनाम पात्र हो नेपाली राजनितिमा एउटा लेख नै लेखेर पुष्टि गरौंला। हिजो‌ तिनै देउवालाई मसिहा मानेर आरति‌ उतारेर कम्युनिष्ट सरकार पतन गराउने र समग्र आन्दोलन धरासाहि बनाउनेले यस्तो तर्क गर्न लाज मान्नु पर्ने हैन र?

  2. ksp pyl Avatar
    ksp pyl

    मोर्चा भनेको ठगहरूको झुण्ड हो । देश ठग्ने ठगहरू । यस्ता ठगसँग ओलि डराउने ? वाहियात कुरा । देउवालाई दलाल पूँजीवादी भन्नेले नेकपाको सरकार ढालेर कसको बनाएको ? लाज पनि अलिकति त हुन्छ नि ।

  3. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    आज माधव नेपाल भन्दैछन्, “कम्न्युनिष्ट प्रधानमन्त्री ढाल्न एमालेले दलाल पूँजीवादी देउवालाई फकाइरहेको छ।” यी रायमाझीका दोस्रो संस्करणलाई हिजो एमालेलाई सत्ताबाट हटाएर देउवालाई प्रम बनाउँदा कसरी क्रान्तिकारी ठानेछन् र दलाद पूँजीवादी देखेनछन्। अब पनि यस्तालाई दलको अध्यक्ष किन मान्या?

  4. Yam Nath Avatar
    Yam Nath

    तिमीले कम्युनिस्ट पार्टी फोरेर त्यही दलाल पुंजिवादी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउंदा पाप लागेन अब केपीलाई पाप लाग्ने भो ।

  5. उदय तुलाचन Avatar

    भारतले नेपाललाई अस्थिर बनाउन माकुनेलाई प्रयोग गरेको हो भन्ने कुरो अलिकती नेपाली राजनिती बारे चासो र ज्ञान हुनेलाई अवगत भएकै कुरा हो।यस्ता देशघातिले के भन्छ त्यस्को कुनै महत्त्व छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *