ई-सेवाको बम्पर पुरस्कार- पूर्णबहादुरलाई साढे २ तलाको घर हस्तान्तरण

काठमाडौं । ई-सेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत एकजना विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेको छ ।

बिहीबार कार्यक्रम कम्पनीका ब्राण्ड एम्बेस्डरहरू र व्यवस्थापन समितिले संयुक्त रूपमा घरको चाबी हस्तान्तरण गरेका हुन् । कम्पनीले जेठ १२ मा ८ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठलाई बम्पर पुरस्कारको भाग्यशाली विजेता घोषणा गरेको थियो ।

श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका थिए ।

कम्पनीले रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *