एक जनालाई उद्घाटन मन्त्री बनाउँ र गृह मन्त्रालयमा वार्ता गर्ने व्यक्ति तोकौं : रायमाझी

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले एक जना मन्त्रीलाई उद्घाटन मन्त्री बनाउन प्रस्ताव गरेका छन् ।

उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री नै धेरै उद्घाटन समारोहमा व्यस्त भएको भन्दै एक मन्त्रीलाई उद्घाटन मन्त्री बनाउन माग गरेका हुन् ।

समितिको बैठकमा भएको छलफलमा भाग लिँदै उनले भने, ‘एउटा मन्त्रीलाई उद्घाटन मन्त्री बनाउनुपर्यो । अस्ति एक दिन मैले प्रधानमन्त्री ज्यूलाई पनि भनिसकेको छु । प्रधानमन्त्रीलाई काम गर्न होइन कि साना तिना कार्यक्रममा जहाँ पनि प्रधानमन्त्री उद्घाटनमा पुगेको देख्छु । किनभने प्रधानमन्त्री गयो भने त्यहाँ फोटो खिचिन्छ । विज्ञापन आउँछ । अनि मिडियाले पनि प्रधानमन्त्री र गृहमन्त्रीको कुरा खिच्छ र लेख्छ । त्यसैले एउटा मन्त्रीलाई उद्घाटन नै मन्त्री मनाउनुपर्ने जरुरी देखियो ।’

कांग्रेस सांसद रायमाझीले एक जना उच्च स्तरको कर्मचारीलाई गृह मन्त्रालयले वार्ता गर्ने व्यक्ति नै तोक्न पनि उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरे ।

उनले भने, ‘अब यहाँ माईतिघर मण्डलातिर जाने हो भने सधैजसो नारा जुलुश भइरहेको छ । कहिलेकाही त माइतीघरमा हिँडडुल गर्न पनि असह हुन्छ । त्यसैले गृह मन्त्रालयले एक जनालाई वार्ता गर्ने व्यक्ति तोक्नुपर्यो ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *