जनयुद्धका मुद्दामा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग प्रचण्डले घाँटी जोडे : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धमा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोडेको आरोप लगाएका छन् ।

चार दलको समाजवादी मोर्चाबारे विरोध जनाउँदै उनले यस्तो आरोप लगाएका हुन् । सोमबार प्रचण्डको नेतृत्वमा नेकपा एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबीच मोर्चा घोषणा भएको थियो ।

उनले भने छन्, ‘जनयुद्धकालीन मुद्दामा वारेण्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग घाँटी जोड्नुभो ।’

Comments

One response to “जनयुद्धका मुद्दामा वारेन्ट काट्ने र गौर हत्याकाण्डका अपराधीसँग प्रचण्डले घाँटी जोडे : प्रभु साह”

  1. डा. शमोला भुसाल Avatar
    डा. शमोला भुसाल

    घोर प्रतिक्रियावादी बनेका प्रचण्डलाई प्रभु साहले बल्ल चिन्दै छन् । चुनावको मुखमा एमालेलाई धोखा दिएका साह्को विश्वसनीयता त्यसै पनि अरो घातिले पनि विश्वास गर्ने कुरा भएन। गौर हत्याकाण्डमा उन्तिस जना माओवादी हत्यागर्ने उपेन्द्र सित घाँटी जोडेका प्रचण्डले समग्र आन्दोलनलाई धोखा दिएका छन् । गौरका माकुने पनि अब त्यो हत्याकाण्डको हिस्सेदार बन्न पुगेका छन् ।अब उपेन्द्र चोखिएको हो गौरको हत्याकाण्ड बाट? माकुनेपाल भन्नेले जवाब दिनुपर्ने हुन्छ। प्रचण्ड र उपेन्द्र यादवको समाजवादी मोर्चामा भएको मिलन बारे प्रभु साहले पनि आफ्नो कित्ता स्पष्ट पार्नुपर्छ नत्र भने जनताले तिमिलाई पनि अझ चिन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *