बालुवाटारमा समाजवादी मोर्चाका नेताहरूको बैठक जारी, बाबुरामलाई पनि समेट्ने तयारी

काठमाडौं । प्रस्तावित समाजवादी केन्द्रका नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्नेछ । यस्तै बाबुराम भट्टराईलाईपनि मोर्चामा ल्याउन प्रयास हुनेछ ।

७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा एसभित्र मोर्चा घोषणाका सन्दर्भमा देखिएको मतभेद र बाबुराम भट्टराईको समेत विमतिलाई मिलाउन केही समय लागेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *