रुपन्देही । नेकपा माओवादी केन्द्र निकट थारु राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेशको भेलाले बाँकेका पट्टु थारुको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
दाङको लमहीमा सम्पन्न भेलाले पट्टु थारु (बाँके) अध्यक्ष, स्यामेस चौधरी (दाङ) उपाध्यक्ष, मनकला चौधरी (बर्दिया) सचिव, जयकरन चौधरी (कपिलबस्तु) सहसचिव र धनकुमारी चौधरी (रुपन्देही) कोषाध्यक्ष सहित ४५ सदस्यीय प्रदेश समिति निर्माण गरेको सो पार्टीका नेता यज्ञ पोखरेलले जानकारी दिए ।

Leave a Reply