एनआईसी एसिया बैंकको नयाँ वेबसाइट, के के छन् विशेषता ?

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो वेबसाइट ‘एनआईसीएसियाबैंक डटकम’ लाई नयाँ डिजाइनमा प्रस्तुत गरेको छ ।

बैंकले थप सेवा तथा सुविधा साथ हाल सञ्चालनमा रहेको वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै शुक्रबार नयाँ डिजाइन सार्वजनिक गरेको हो ।

बैंकका आनुसार ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज ‘भवाइस कमान्ड’ द्वारा खोज्न सकिने, ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टम जसमा सर्च हिस्ट्री थाहा पाउन सकिनेलगायतका नयाँ सुविधा रहेका छन् ।

त्यस्तै वेबसाइटमार्फत अनलाइन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाइन डिम्याट, शेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने, एक्स्टेन्सन काउण्टर, एटीएमको स्थान पत्ता लगाउन सकिनेलगायत बैंकसम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवासमेत उपलब्ध रहेका छन् ।

नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई–कमर्श सुचारु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदनलगायत दर्जनौं सेवासमेत वेबसाइटमार्फत गर्न सकिने उल्लेख गरिएको छ ।

मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबमा फिट हुनेगरी डिजाइन गरिएको नयाँ वेबसाइटमा प्रयोगकर्ताको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको बैंकले दावी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *