चीनबाट फर्किएपछि वर्षमान- प्रचण्ड सरकारले जनअपेक्षा अनुसार काम गरेको छ, सफल हुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार सफल हुने दाबी गरेका छन् ।

चार महिना चीनमा उपचार गराएर स्वदेश फर्किएका पुनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले जनताको अपेक्षाअनुसार काम गरेको बताए ।

उनले भने, ‘अहिले जनताको ठूलो अपेक्षा छ । हामीले व्यवस्था बदल्यौं अवस्था बदल्नुपर्छ । राजनीतिक सचेतनासहित आर्थिक एजेण्डालाई पनि पनि प्राथमिकतामा राख्नुपर्छ । त्यसमा आफूलाई पनि समर्पित गर्छु । युवा र जनताको अपेक्षा पूरा गर्न लाग्नुपर्छ ।’

उनले नेताहरूमाथि प्रश्न उठ्नु स्वभाविक भएकाले सकारात्मक जवाफ दिनुपर्ने बताए । कामले नै प्रश्नहरूको जवाफ दिनेगरी लाग्नुपर्ने पुनको भनाइ छ ।

उनले आफूलाई सबैले देशको राजनीतिमा पार्टीको राजनीतिमा सक्रिय हुने शुभेच्छा व्यक्त गरेको बताउँदै पूर्णरूपमा स्वास्थ्य भएर आएको हुनाले विगतजस्तै पार्टीको काममा फर्किने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *