सवारी साधनमा विद्यार्थीलाई छुट दिए/नदिएको बारे अनेरास्ववियु कास्कीको अनुगमन

पोखरा । विद्यार्थीले सार्वजनिक सवारीमा सहुलियत सुविधा पाए नपाएको विषयमा अनेरास्ववियु जिल्ला कमिटी कास्कीले अनुगमन गरेको छ ।

अनेरास्ववियु जिल्ला कमिटीले बिहीबार अंमरसिंङमा छोटो तथा लामो दुरीका सवारी साधनलाई रोकेर विद्यार्थीले छुट पाएको नपाएको विषयमा अनुमगन गरेको हो ।

जिल्ला कमिटी संयोजक सन्तोष पोखरेलले विद्यार्थीले सार्वजनिक सवारी साधनमा छुट नपाएको गुनासो गरेपछि अनुगमन गरिएको बताए ।

‘सार्वजनिक सवारी साधनले सरकारले निर्धारण गरेको छुट विद्यार्थीले नपाएको गुनासो गरेपछि अनुगमन गरेका हौं, विद्यार्थीलाई ६ बजेपछि र विदाको दिनमा सार्वजनिक सवारी चढ्दा परिचय पत्रका आधारमा छुट नदिइएको पाइयो,’ उनले भने, ‘विद्यार्थीले सातै दिन २४ सै घन्टा छुट पाउनुपर्छ । हामीले सचेत बनाएका छौं ।’

कमिटीले यसअघि चिप्लेढुंगा र महेन्द्रपुल क्षेत्रमा पनि सवारी साधनमा अनुगमन गरेको हो । सोमबारबाट सुरु भएको अनुगमन निरन्तर चलिरहेको अनेरास्ववियुले जनाएको छ । सवारी साधनले छुट नदिएको खण्डमा ट्राफिक प्रहरी तथा अनेरास्ववियुलाई सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गरिएको जिल्ला कमिटी संयोजक पोख्रेलले बताए ।

विद्यार्थीहरुको परिचयपत्रको आधारमा पाउने ४५ प्रतिशत छुट कार्यान्वय नभएको भन्ने कुरा विद्यार्थीबाट आएपछि अनेरास्ववियु जिल्ला कमिटी कास्की आज चौथो दिन पनि अनुगमनमा उत्रिएको हो ।

Comments

One response to “सवारी साधनमा विद्यार्थीलाई छुट दिए/नदिएको बारे अनेरास्ववियु कास्कीको अनुगमन”

  1. rocky Avatar
    rocky

    85% विद्यार्थी हरु जो कलेज जादैनन उनी हरु सङ्ग student card हुन्छ र सरकार ले छुट दिएको स्कुल जादा र आउदा जो स्कुल ड्रेस मा हुन्छन उनी हरु लाई हो कोहि मादर जात हरु स्टुडेन्ट कार्ड देखाएर लेक साइड मा गएर 300 पर्नी बियर लाई 800 तिरेर खान्छन माईक्रो बस मा भाडा डिस्काउण्ट माग्ने अधिकांश विद्यार्थी भाइ बहिनी हरु 15 रुपैया पर्ने सुर्य चुरोटलाइ 40 तिरेर मुटु फुट्नी गरि तान्छन इनै डिसिपिलिन नभएका विद्यार्थी भनौदा हरु कुप्री परेका बा आमा बस मा चड्दा सिट छोड्दैनन कति पय त झ्याप भएर कलेज जान्छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *