काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङको प्रशंसा गरेका छन् ।
स्वयंसेवामार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रबर्धन गरेकोमा धन्यवाद दिएका हुन् ।
उनले साम्पाङलाई धन्यवाद दिँदै ट्वीटरमा लेखेका छन्, ‘हाम्रो समाजमा लामो समयदेखि स्वयंसेवा मार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा छ । तर पछिल्लो चरणमा देश किनारा पूँजीवादको जालोमा फँसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउँदै गएको छ। फलस्वरूप हामी झन्झन् परिर्भर हुँदै गएका छौ ।’

Leave a Reply