सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम पारित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

२४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने प्रस्तावको विपक्षमा उभिएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *