बरु पाँच पटक चुनाव हारिन्छ तर तालमेल गरिन्नँ : गगन थापा

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा कांग्रेस चुनाव हार्न तयार हुने तर कसैसँग पनि तालमेल नगर्ने बताएका छ्न ।

सोमबार हेटौंडामा भएको कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै महामन्त्री थापाले काङ्ग्रेसले अबकुनै पनि पार्टी वा शक्तिसँग तालमेल नगर्ने नीति लिने बताए । नेपाली कांग्रेस विचार प्रधान पार्टी भएकाले सत्ताका लागि कसैसँग सम्झौता नगर्ने उनले बताए ।

महामन्त्री थापाले भने, ‘चुनावको अगाडि अर्काे पार्टीको पक्षमा मत माग्ने कुराले प्रकारान्तरमा त्यसले पार्टीप्रतिको विश्वास डगमगाउने अवस्था बन्दो रहेछ,त्यसैले कांग्रेसले भदौमा कांग्रेसले नीति अधिवेशन गर्छ, नीति अधिवेशनबाट संकल्प गर्नुपर्छ कि, अब कांग्रेसको जिवनमा बरु ५ पटक चुनाव हारे हारिन्छ, वडादेखि केन्द्रसम्म, राष्ट्रपतिदेखि प्रधानमन्त्रीको चुनावमा जस्तोसुकै अपठेरो परे पनि, नेपालको तमाम् पार्टी मिलेर एउटै पार्टी बनाए पनि कांग्रेसले तालमेल गर्दैन ।’

तालमेल मात्र नभई कांग्रेसले सत्ताका लागि विचारसँग सम्झौता नगर्ने उनले स्पष्ट पारे । बरु सरकार छोड्नुपरे छोड्ने तर, कांग्रेसको लागि विचार र सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा भएको भन्दै त्यसलाई स्थापित गरिनुपर्नेमा थापाको जोड थियो ।

कांग्रेसको चुनावी नितिले आम कार्यकर्ता निराश भएको भन्दै उनले अबको काङ्रेस थप बलियो शक्ति भएर आउने बताए ।
चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रति गलत धारणा बनेको भन्दै उनले बरु कांग्रेस चुनाव हार्न र सत्ता बाहिरै बस्न तयार रहने स्पष्ट पारे ।

‘हाम्रो इमेज कस्तो बन्यो कि सरकारमा पुग्नका लागि चुनावअघि एउटासँग घाँटी जोड्न पनि पुग्छ, त्यो सरकारमा पुगेन भन्ने रिसमा चुनावपछि अर्काेसँग घाँटी जोड्न पनि पुग्छ । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्छ भन्ने छवि बन्न पुग्यो, गल्ती जहाँबाट भएको छ, त्यहिँबाट सच्याउनुपर्छ’, थापाले भने ।

आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको र आत्मविश्वास र आशा गुमाइरहेको भन्दै कांग्रेसले जनताको निराशालाई चिर्ने थापाले प्रतिवद्धता जनाए ।

‘हामी निराश हुनुहुँदैन, कांग्रेस आफू जित्न आएको पार्टी होइन, कांग्रेस देशलाई जिताउन आएको पार्टी हो’, थापाले भने ।

नेपाली कांग्रेस प्रगतिशील समाजको कल्पना गरी कार्यान्वयन गराउने पार्टी भएको भन्दै थापाले जनभावनालाई निरन्तर सुन्ने प्रतिवद्धता जनाए । ’कांग्रेस उत्तेजित शक्ति पनि होइन, कांग्रेस यथास्थितिवादि पनि होइन । कांग्रेस त प्रगतिशिल शक्ति हो, कांग्रेस प्रश्न होइन, उत्तर हो,’ थापाले थपे ।

हामी चुनाव हार्ने डरले आम कार्यकर्तालाई अरुको चुनाव चिन्नमा मत हाल्नुपर्ने लज्जास्पद तरिकालाइ बदल्नु पर्ने भन्दै उनले काङ्रेस एक्लै यो देशको नेतृत्व लिन सक्षम रहेको बताए ।

 

Comments

3 responses to “बरु पाँच पटक चुनाव हारिन्छ तर तालमेल गरिन्नँ : गगन थापा”

  1. शिवाजी Avatar
    शिवाजी

    चुनाव भर्खरै सकिईहाल्यो, अबको चुनाव आउने बेलासम्म यी गफ जनताले बिर्सिसक्छन्।
    त्यसैले गफै त हो ……. । जे भन्दे नि पत्याइहाल्छन्……. भन्ने…….. छ है?

    1. laleek Avatar
      laleek

      हो, बल्ल सत्य कुरा आएकै हो ? बुझ्न गाह्रो छ, कि कसो ……….!

  2. bharat kumar Thapa Avatar
    bharat kumar Thapa

    चुनावको बेला १० वटा पार्टीले मात्र नपुगेर रास्वपा … थापा डा केसी लगायत सयौं सग गठबन्धन भएको हामीले देखेको छौ यद साच्चै हो भने सबै सिङ्गल सिङ्गल भिड्डा राम्रो हुन्छ तर यो गफ मात्र त होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *