इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्दै सरकार

काठमाडौं । सरकारले थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । अहिले खुला रहेका १०८ देशमा थप ७१ देशमा पनि वैदेशिक रोजगारी खुला गर्ने तयारी सरकारले गरेको हो ।

मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी भएको जानकारी दिए । उनका अनुसार प्रतिबन्धमा रहेको इराकमासमेत वैदेशिक रोजगारी खुला गर्न गृहकार्य सुरु भएको छ ।

मन्त्रालयको योजनाअनुसार नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम रहेका सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्ने सरकारको तयारी रहेको सचिव अर्यालले बताए ।

सचिव अर्यालले भने, ‘दौत्य सम्बन्ध कायम भएका संसारका सबै मुलुकका लागि श्रम स्वीकृति दिन काम कारबाही अघि बढेको छ । इराकको अवस्था विगतको जस्तो नभएकोले नयाँ परिवेश मूल्यांकन गरेर वैदेशिक रोजगारीका लागि खुला गर्ने तयारी भइरहेको छ ।’

उनले थप्दै भने, ‘जहाँ-जहाँ दौत्य सम्बन्ध कायम भएका छन्, ती सबै देश वैदेशिक रोजगारीका लागि खुला गर्नुपर्छ नेपालले अहिलेसम्म १७९ देशसँग दौत्य समबन्ध कायम गरेको छ ।’

गर्दा १७९ वटा देशमा नेपालीले रोजगारीका लागि जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि १११ देश खुला भए पनि अफगानिस्तान, लिबिया र इराक वैदेशिक रोजगारीमा जान नपाउने गरी कालोसूचीमा रहेका छन् ।

आन्तरिक गृहयुद्धमा फसेका यी देशमा पनि अब नेपाली श्रमिक पठाउने गृहकार्यमा सरकार लागेको हो । तीन वटा कालोसूचीमा रहेका देशसहित ७१ वटा देश वैदेशिक रोजगारीका लागि खुला भएका जम्मा रोजगारीका लागि खुला हुने देशको संख्या १७९ पुग्नेछ ।

Comments

One response to “इराकसहित थप ७१ देशमा वैदेशिक रोजगारी खुला गर्दै सरकार”

  1. Mahendra bahadur thapa Avatar

    नेपाल ले आफ्नै देशम आफ्न इउबा केहि गरोश भनुको सातो ती नलाय्क देश लाई सरम सुइकार गर्न पुगेछ नलयेक हाम्रो देश हो येदि जाने सर्मिक को भाबन्बन कोले बुज्ने नत कुनै मेन्पावोर ले हेर्छ नत सर्कार्ले नै बिचार गरिब हुनुको पिरा ती गरिब लाइमत्त्रै थाहा छ सरकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *