राष्ट्रपतिको कदममा अदालतको अंकुश, नागरिकता विधेयक यथास्थितिमा राख्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन गर्नबाट रोक लगाएको छ ।

संविधान बमोजिम निष्क्रिय भइसकेको विधेयक प्रमाणीकरण गर्नु गैरसंवैधानिक भएको जिकिर गर्दै उनीहरुले रिट दायर गरेका थिए ।

 

Comments

One response to “राष्ट्रपतिको कदममा अदालतको अंकुश, नागरिकता विधेयक यथास्थितिमा राख्न अन्तरिम आदेश”

  1. nagendra Avatar
    nagendra

    जनमत अपहरण गने ‘गठबन्दन’ को नियत गलत थियो, भारत भक्ति दर्साउन मालिक भेट्नु अघी ‘प्रचन्ड’ ले गरेको चल्खेल देश माथि षड्यन्त्र थियो र राष्ट्रपतिको रुपमा ‘रामचन्द्र पौडेल’ को कदम किर्ते हो भन्ने प्रमाणित भयो !!
    नैतिकता हुनेले के गर्छन् थाहा भएन नहुनेले बहाना अब !!
    धन्यवाद सर्बोच्च 🙏🏻🙏🏻

Leave a Reply

Your email address will not be published. Required fields are marked *