काठमाडौं । अप्टिकल नेपालले आफ्नो चौथो शाखाको रूपमा लगनखेलबाट सेवा सुरू गरेको छ । शनिबार एक कार्यक्रमका बीच भिजन प्लस आई क्लिनिक उद्घाटन गरिएको छ । यहाँ विभिन्न ब्राण्डको चश्मासँगै विशेषज्ञ डाक्टरबाट आँखा परीक्षणसमेत गरिने सञ्चालक हरि पराजुलीले जानकारी दिए ।

उनका अनुसार अप्टिकल नेपालले यसअघि नै क्रिति अप्टिकल, सुमेरु अप्टिकल ब्रान्च खोलिसकेको छ ।
सञ्चालक पराजुलीले ग्राहकको रोजाइ र रुचि बढ्दै गएकाले सेवा पनि विस्तार गरिएको बताए । उनले प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डेडका चश्मा, फ्रेमहरू पाइने जानकारी दिए ।


Leave a Reply