चिनियाँहरूले अहिले पनि माओ त्से तुङलाई बडो सम्मानका साथ कमरेड अध्यक्ष (चेयरमेन माओ) भन्ने गरेको पाइन्छ । माओको निधन भएकै ४६ वर्ष (सन् १९७६ सेप्टेम्बर) पूरा भैसकेको छ । आजसम्म पनि उनलाई चिनियाँ जनताले एकदमै सम्मान व्यक्त गर्छन् । उनले विशाल चीनमा कम्युनिष्ट शासन सुरु गरेका थिए । त्योअघि सशस्त्र संघर्षमार्फत राज्यसत्ता कब्जा गरेका थिए, आधुनिक चीन निर्माण गर्न जग बसालेका थिए ।
लामो समय चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष रहेका माओको १९७६ सेप्टेम्बर ९ मा देहान्त भयो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीले अध्यक्ष पद हटायो र महासचिवलाई पार्टीको सर्वाधिक शक्तिशाली बनायो । अध्यक्ष पद सदाका लागि माओलाई नै अर्पण गरियो । अहिले पनि माओलाई सम्मानका साथ ‘चेयरम्यान माओ’ भनेर सम्बोधन गरिन्छ ।
चीनमा कुनै पनि व्यक्तिको जन्मोत्सव तथा मृत्यु स्मृति कार्यक्रम गरेर मनाइँदैन । यस्तो कार्यले सांस्कृतिक विचलन आउने र व्यक्ति पूजाले पार्टी र समाजलाई गलत दिशामा लाने खतरा भएकाले यहाँ एक किसिमको प्रतिबन्ध नै छ । चिनियाँ कम्युनिष्ट पार्टीका कुनै नेताले आफ्नो जन्मोत्सव मनाएको थाहा भएमा अनुशासनको कारबाही हुने गर्छ ।
माओको जन्मजयन्तीमा बेइजिङको तियानमेन स्क्वायर क्षेत्र दक्षिणमा उनको शव राखिएको ‘माओ भवन’ दुईपटक खुल्ने गर्छ । अन्य समय बिहान ७ देखि ११ बजेसम्म मात्र खुल्ने यो भवन माओको जन्मजयन्ती र मृत्यु स्मृतिका दिन (सेप्टेम्बर ९ मा) चाहिँ दोस्रोपटक पनि दिउँसो २ बजेदेखि ४ बजेसम्म खुल्ने गर्छ । हजारौं चिनियाँ पहेंलो फूल हातमा लिएर माओको शव अवलोकन गर्न लामबद्ध हुन्छन् ।
माओकै नेतृत्वमा सन् १९४९ अक्टोबर १ तारिखका दिन चीन जनगणतन्त्र भयो । अहिले चिनियाँ नागरिक चीनलाई ‘नयाँ चीन’ भन्छन् । दोस्रो विश्वयुद्धपछि विश्व साम्राज्यमा उदाएको अमेरिकालाई माओले ‘कागजी बाघ’ भनेर सोझै चुनौती दिएका थिए । विश्वकै चौथो ठूलो मुलुक र विशाल जनसंख्या भएको चीन, माओ सत्तामा आइपुग्दा अत्यन्त विकराल अवस्थामा गुज्रिरहेको थियो ।
कम्युनिष्ट पार्टीका सदस्यलाई लागू हुने अनुशासन र नियमलाई सूत्रबद्ध गरेर उनले लेखेका पुस्तकलाई ‘रातो किताब’ भनिन्छ । चीनमा सन् १९६६ देखि ७६ सम्म एक दशक सांस्कृतिक क्रान्ति चलेको थियो । भनिन्छ- सांस्कृतिक क्रान्तिको समयमा चीनमा हरेक काममा माओको रातो किताब हुनैपर्थ्यो ।
गृहयुद्ध र जापानी आक्रमणबाट जर्जर बनेको चीनको अर्थतन्त्र, भोकमरी, बेरोजगारी, आन्तरिक बसाइसराइ, रोगव्याधी, प्राकृतिक प्रकोप जस्ता विभिन्न कारणले धमिराको पर्खाल जस्तो बनेको थियो । माओले जनमुक्ति सेना र मिलिसियालाई उत्पादनमुखी काम र श्रमदानमा लगाए, कृषि उत्पादनलाई प्राथमिकतामा राखे । सबै जमिनलाई सरकारीकरण र चक्लाबन्दी गरेर कम्युनमार्फत सामूहिक खेती गरी सबैभन्दा पहिले जनताका आवश्यकता पूरा गर्न सरकारका सबै शक्ति परिचालन गरे ।
माओ प्रखर अध्येता र दार्शनिक नेता थिए । उनी गहन लेखपढमा समय खर्च गर्थे । राष्ट्र, कम्युनिष्ट पार्टी, समाज, जनता, अन्तरद्वन्द्व आदि विषयमा उनले थुप्रै सैद्धान्तिक दस्तावेज लेखेका छन् । ती दस्तावेजलाई किताबका रूपमा प्रकाशन गरिएको थियो । अहिले पनि माओका किताब बजारमा पाइन्छन् ।
कम्युनिष्ट पार्टीका सदस्यलाई लागू हुने अनुशासन र नियमलाई सूत्रबद्ध गरेर उनले लेखेका पुस्तकलाई ‘रातो किताब’ भनिन्छ । चीनमा सन् १९६६ देखि ७६ सम्म एक दशक सांस्कृतिक क्रान्ति चलेको थियो । भनिन्छ- सांस्कृतिक क्रान्तिको समयमा चीनमा हरेक काममा माओको रातो किताब हुनैपर्थ्यो । बिहे गर्न पनि रातो किताब अनिवार्य थियो । जागिर खाने कर्मचारी अथवा कारखानामा काम गर्ने मजदुरका साथमा रातो किताब हुनैपर्थ्यो । उनीहरूलाई त्यहाँ उल्लेख गरिएका सूत्र रटाइन्थ्यो ।
अब नेपालतिरै लागौं
यता नेपालको दृश्य अलिकति फरक थियो । चीनमा कम्युनिष्ट शासन सुरु भैसकेको थियो । चीनको क्रान्तिको प्रभाव नेपालमा परिसकेको थियो । नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना त भैसकेको थियो । तर, केही वर्षपछि कम्युनिष्टहरु टुक्रा-टुक्रामा विभाजित भएका थिए । तत्कालीन कोके (कोअर्डिनेसन केन्द्र) हालको एमाले पनि सशस्त्र युद्ध गर्ने भन्दै वर्ग शत्रु सफाया अभियान सुरु गर्दै थियो । (२०२८)
नेपालका कम्युनिष्टले डिसेम्बर २६ लाई कुनै बेला वर्षकै सबैभन्दा महत्त्वपूर्ण दिन मान्थे । २०३५ सालमा नेकपा (माले)को स्थापना भएको थियो । त्यही माले २०४७ सालमा एमाले भयो । माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्छ । कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो । नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो । अहिले पनि नेपालमा केही पार्टी माओको नामबाट सञ्चालित छन् ।
माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्छ । कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो । नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो । अहिले पनि नेपालमा केही पार्टी माओको नामबाट सञ्चालित छन् ।
कोकेका संस्थापकमध्येका एक नेता थिए केपी ओली । केपी ओलीलाई तत्कालीन राज्यसत्ताले पक्राउ गरेर जेलमा हाल्यो । क्रमशः नेताहरु पक्राउ गर्ने र जेलमा हाल्ने क्रम जारी थियो । नेत्र घिमिरे, विरेन राजवंशीलगायतलाई जेल सार्ने बहानामा झापाको सुनखानीको जंगलमा लगेर पञ्चायती सरकारले हत्या गरिसकेको थियो । यता प्रदीप नेपाल, वीरबहादुर तामाङ/लामालगायत नेताहरूले २०३३ सालमा नख्खु जेल ब्रेक गरेका थिए ।
पञ्चायती राज्यसत्ताले बर्बर दमन गरिरहेको थियो । तर आन्दोलनले क्रमशः उचाइ र गति लिँदै गयो । (यो विषयवस्तु जोड्नुको कारण पार्टी त्यति सहजै निर्माण भएको होइन र थिएन) । त्यो बेला चीनमा कम्युनिष्टले विद्रोहपश्चात् राज्यसत्ता कब्जा गरेको देखेको/सुनेको अनि भारतमा नक्सालवादीहरुको आन्दोलनको प्रभावले तत्कालीन समयमा कम्युनिष्टहरुले विद्रोहको मसाल बालेका थिए ।
पञ्चायती समयमा दलहरू भूमिगत रूपमा जनतामाझ गइरहेका थिए । धेरै नेपालीहरू लागेर पञ्चायती शासनको अन्त्य गरे । पहिलो आम निर्वाचन भयो । कांगेसले प्रचण्ड बहुमत ल्यायो । एमालेले ६९ सीटसहित सानदार रूपमा संसदमा इन्ट्री गर्यो । तत्कालीन समयमा एमालेका नेता थिए मदन भण्डारी । जसलाई न्युज विक पत्रिकाले ‘कार्ल मार्क्स नेपालमा जीवित छ’ भनेर अन्तर्वार्ता नै छापेको थियो । जब मदन भण्डारीको षड्यन्त्रमूलक ढंगले हत्या भयो, त्यसपछि नै हो एमाले बिग्रन थालेको ।
२०५१ सालमा मध्यावधि निर्वाचन भयो । संसदमा ८८ सीटसहित एमाले पहिलो दल बन्यो । अल्पमतको सरकार चलायो । ९ महिना शासन गर्यो र एउटा गहिरो छाप छोड्न सफल भयो । र, कम्युनिष्टहरुप्रतिको भ्रम पूर्ण रूपमा तोडियो । सामाजिक सुरक्षा भत्ताको कार्यक्रम सुरु गर्यो, आफ्नो गाउँ, आफैं बनाऊ कार्यक्रम सुरु, ९ स को योजना आदि लोकप्रिय कारणले गर्दा जनताको मनमनमा बस्न सफल भयो ।
जबजको अपव्याख्या
तत्कालीन एमाले नेतृत्व सत्ताको चास्नीमा रमाउन थाल्यो । सिद्धान्तलाई तिलाञ्जली दिँदै अघि बढ्न थाल्यो । कार्यकर्ताहरुले विरोध गर्दा जबजलाई जोडेर इमोसनल ब्ल्याकमेल गर्न थाल्यो । नेतृत्वले जबजको अपव्याख्या गर्दै केसम्म भन्न थाल्यो भने ‘भएको वस्तुको अधिकतम प्रयोग गरी जनवाद ल्याउने र जनवाद ल्याउन राज्यसत्तामा पहुँच पुर्याउने, त्यसको लागि उपलब्ध स्रोत र साधनको भरपुर प्रयोग गर्ने’।
एमालेले ६९ सीटसहित सानदार रूपमा संसदमा इन्ट्री गर्यो । तत्कालीन समयमा एमालेका नेता थिए मदन भण्डारी । जसलाई न्युज विक पत्रिकाले ‘कार्ल मार्क्स नेपालमा जीवित छ’ भनेर अन्तर्वार्ता नै छापेको थियो । जब मदन भण्डारीको षड्यन्त्रमूलक ढंगले हत्या भयो, त्यसपछि नै हो एमाले बिग्रन थालेको ।
न पोथी न भाले, नेकपा एमाले
तत्कालीन नेतृत्व एउटा निर्णय गर्ने कार्यान्वयन गर्न नसक्ने/पन्छिने र दोहाेरो नीतिमा बस्न थाल्यो ।
केही दृष्टान्त :
- २०५८ जेठ १९ मा राजदरबारमा तत्कालीन राजा वीरेन्द्रको सपरिवारको वंश विनास भयो । तत्काल ‘छानबिन समिति’ बनाउनुपर्छ भनेर एमाले महासचिव माधवकुमार नेपालले भने । समिति बन्यो । तर, विपक्षी दलको नेताको हैसियतमा राखिएका नेपाल समितिमा बस्न मानेनन् । नयाँ राजा ज्ञानेन्द्रलाई दाम चढाउन चाहिँ राजदरबार पुगे ।
- द्वन्द्वले चरम/उग्र रूप लिएको (२०५८ मंसिर आसपास) थियो । ६ महिनाको लागि संकटकाल लगाइएको थियो । ६ महिनापछि संकटकाल थप्ने कि नथप्ने भन्ने विषयमा एमालेमा मतभेद थियो । एमाले प्रभावशाली नेता केपी ओली संकटकाल नथप्ने पक्षमा थिए । बैठकमा संकटकाल नथप्ने पनि भनियो । तर, सदनमा माधव नेपालले दोहोरो नीति अवलम्बन गरे । पुनः संकटकाल थपियो ।
- तत्कालीन द्वन्द्वरत पक्ष(माओवादी)काे माग संविधानसभाको निर्वाचन, गोलमेच सम्मेलन आदि थियो । एमाले नेता शंकर पोखरेलले संविधानसभामा जानुपर्छ भनेर केन्द्रीय कमिटीमा बोल्दा, तथ्यसहित लेख/टिप्पणी लेख्दा, माधवकुमार नेपाल, ईश्वर पोखरेललगायतले लामो-लामो लेख लेख्दै, विभिन्न फुँदा गाँसेर भाषण गर्दै आवश्यक छैन भनेर बैठकमा शंकर पोखरेललाई कर्नरमा पारियो । तर, पोखरेलले निरन्तर पैरवी गर्न छोडेनन् । तत्कालीन एमालेमा माधव नेपालको एउटा उक्ति चर्चित थियो- एमाले सत्तामा गइहाल्ने पक्षमा नि छैन तर, ढिलाइ गर्ने पक्षमा नि छैन ।
- तत्कालीन प्रधानसेनापति कटवाललाई सरकारले अवकाशको अवधि नपुग्दै (३ महिना जति समय बाँकी) हटाउने भयो । त्यसमा समर्थन गरेर तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा गए । सेनापतिलाई हटाउन खोज्दा प्रचण्ड सरकार ढल्यो ।
- खनाल चीनबाट फर्केर आए । उनी त १८ दलको मोर्चामा लाग्दै सेनापति हटाउनु गलत थियो भन्दै राष्ट्रपति कार्यालय गए । त्यसपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रम भए । उनले लगभग १ वर्षपछि राजीनामा दिए ।
- तत्काल झलनाथ खनाल प्रम बन्ने स्थिति थिएन, पार्टीको चट्टानी अडान भन्दै एमालेले कतै भोट नदिने निर्णय गराए । त्यसको असर १७ पटकसम्म रामचन्द्र पौडेल एक्ला उम्मेदवार बने । तर, पौडेल प्रम हुन पाएनन् । पछि खनाल माओवादीको समर्थनमा आफैं प्रम भए ।
एमाले वृत्तमा मात्र होइन देशभर नै ओलीप्रति अगाध विश्वास बढ्दै थियो । माओवादीहरूको आतंकविरुद्ध जेहाद छेडेका ओलीले चै केही गर्छन् भन्ने जनमानसमा विश्वास बढिरहेको थियो । २०७१ मा एमालेको नवाैं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए ।
जब ओलीले न भाले न पोथीको ट्याग मेटाए
एमालेमा जबरजस्त रूपमा ओलीको उदय भइरहेको थियो । अब उनलाई रोक्न सक्ने तागत कसैमा थिएन । २०५९ को अधिवेशनमा माधवकुमार नेपालले जनकपुरमा अपमानपूर्वक व्यवहार गर्दासमेत पार्टी छोडेनन्, पार्टीभित्रै संघर्ष गरिरहे । २०६५ सालमा माधवकुमार नेपाल र झलनाथ खनाल मिलेर हुँदै नभएको कमिटीबाट प्रतिनिधित्व गराएर अध्यक्षमा हार्दासमेत पार्टी छोडेनन् । निरन्तर संघर्ष गरिरहे ।
एमाले वृत्तमा मात्र होइन देशभर नै ओलीप्रति अगाध विश्वास बढ्दै थियो । माओवादीहरूको आतंकविरुद्ध जेहाद छेडेका ओलीले चै केही गर्छन् भन्ने जनमानसमा विश्वास बढिरहेको थियो । २०७१ मा एमालेको नवाैं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । त्योअघि २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनपश्चात संसदीय दलमा समेत निर्वाचित भएका थिए । उनले एमालेमा (२०५१-२०७१ साल सम्म) लागिरहेको ट्याग ‘न पोथी न भाले, नेकपा एमाले’ भन्ने हटाएर एमाले प्रमुख शक्ति हो भन्ने बनाएर छोडे ।
२०७२ मा संविधानसभाले संविधान जारी गरेपछि उनी नै प्रम भए । भारतले आफू अनुकूल संविधान नलेखेपछि नाकाबन्दी लगायो । उनले मज्जाले सामना गरे, जनताले अभूतपूर्व रूपमा साथ दिए । त्यो कारण उनीप्रति विश्वास अझै बढ्दै गयो । ओलीले केही गर्छन् भन्ने आशा नै धेरैका थिए ।
ओली प्रम भएपछि
- तुइन हटाउने निर्णय गरे । अहिले ९५ प्रतिशतभन्दा बढी स्थानमा तुइन विस्थापित भैसकेको छ । १३० वटा तुइन विस्थापित भयो भने १४२३ वटा झोलुङ्गे पुल निर्माण भयो ।
- पारवहन सन्धि गरे । नेपाल भूपरिवेष्टित मुलुक हो । नेपालको समुन्द्रसँग सीधै सम्पर्क थिएन र छैन पनि । चीनसँग पारवहन सन्धि गरेर ओलीले देशलाई ठूलो गुण लगाएका छन् ।
- सुरुङ मार्गको सुरुवात गरे । नागढुङ्गा नौबीसे सुरुङ मार्गको निर्माण कार्य सुरु । सिद्ध बाबा सुरुङ मार्ग निर्माणको लागि बजेट व्यवस्थापन, टोखा-छहरे र बेत्रावती-स्याफ्रुबेसी सुरुङ मार्गको डीपीआर ।
- पेट्रोलियम पाइपलाइनको निर्माण गरेर २ अर्ब ३५ करोड बचाउन योगदान दिए ।
भूकम्पपछिको पुनर्निर्माण
१. रानीपोखरी पुनर्निर्माण
२. धरहरा
३. ५,५९,४६१ निजी आवास
४. ४१५ वटा सरकारी भवन
५. ६,०८५ वटा विद्यालय भवन
पार्टीभित्र मात्र होइन बाहिर समेत केपी ओली हाइहाइ भए । धेरैले भन्न थाले- एमालेमा केपी ओली पहिले नै अध्यक्ष भएको भए पार्टीले छुट्टै उचाइ लिने रहेछ । मदन भण्डारीपछिको खास नेता ओली नै रहेछन् आदि इत्यादि भन्दै ओलीप्रति जनमानसमा चासो बढ्दै गयो ।
६. स्वास्थ्य संस्थाका भवन ११५ थपसहित ५६५ सम्पदाको पुनर्निर्माण
७. ५६५ वटा पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण
८. ४,७२० आवास जोखिमयुक्त बस्तीको पुनर्निर्माण
९. १२,२८४ भूमिहीनलाई जग्गा प्रदान आदि ।
अब पार्टीकै कुरा गरौं
२०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेस माओवादीबीच तालमेल हुँदा समेत एमाले सबैभन्दा ठूलो दल बन्यो । ७५३ मध्ये २९४ भन्दा बढी स्थानमा निर्वाचन जितेपछि माहाेल बेग्लै बन्यो । पार्टीभित्र मात्र होइन बाहिर समेत केपी ओली हाइहाइ भए । धेरैले भन्न थाले- एमालेमा केपी ओली पहिले नै अध्यक्ष भएको भए पार्टीले छुट्टै उचाइ लिने रहेछ । मदन भण्डारीपछिको खास नेता ओली नै रहेछन् आदि इत्यादि भन्दै ओलीप्रति जनमानसमा चासो बढ्दै गयो ।
औपचारिक शिक्षा उनले एसएलसीभन्दा माथि लिन पाएनन् /सकेनन् । चरम गरिबी अनि सानै उमेरमा आमा गुमाउनु साथै कम्युनिष्टप्रति झुकाव राखेका र एसएलसीपछि नै उनी कम्युनिष्ट आन्दोलनमा लागेपछि औपचारिक शिक्षा लिन सकेनन् । अनौपचारिक रूपमा उनले दर्शन, साहित्य, मार्क्सवाद, इतिहास, खेलकुद, भूगोल आदि बारे गहिरो अध्ययन गरेका छन् । उनी ती विषयवस्तुमा केन्द्रित रहेर धाराप्रवाह भाषण दिन सक्छन् । पूर्वीय दर्शनमा उनको विशेष अभिरुचि रहेको पाइन्छ । अंग्रेजी भाषामा अति नै दखल राख्छन् । लेखाइ र बोलाइ अंग्रेजहरुको भन्दा कम देखिन्न ।
२०७४ मा संघ र प्रदेशको निर्वाचनमा एमाले-माओवादी गठबन्धन गरेर ओलीले सबैलाई सरप्राइज नै दिए । ओलीकै नेतृत्वमा निर्वाचनमा पार्टी होमियो । झन्डै-झन्डै दुईतिहाइ नजिक मत आयो । ओली प्रम भए । एमाले-माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । ओलीकै नेतृत्वमा पार्टी एक भयो । ठूलो पार्टी फरक स्कुलिङको कारण नेकपाका कमिटीहरू गतिहीन भए । कमिटी त बन्यो, भीमकाय । पार्टी गतिविधि शून्य भयो । पार्टी लगभग कोमामा पुग्यो ।
ओलीलाई प्रम र अध्यक्षबाट कसैले हटाउन सकेनन् । पछि अदालतले नै परमादेश दियो, त्यसपछि प्रमबाट हटे । अत्यन्तै कठिन समयमा पार्टीलाई जोगाए । पार्टी फुट्यो । पुराना सहयात्रीले साथ छोडे । सरकारबाट हात धुनुपर्यो । तर, उनी डगमगाएनन् । कार्यकर्ताहरूलाई हौसला दिइरहे । मुख्य कुरा पार्टी जोगाए, इतिहास जोगाए ।
ओली प्रम हुँदा नै विश्वव्यापी रूपमा कोरोनाले प्रभावित पार्यो । नेपालको स्राेत र साधनले भ्याएसम्म काम भयो । कोरोना परीक्षण गर्ने एउटै ल्याब थिएन, उनले प्रम छोड्ने बेलासम्म देशभर करिब १०० हाराहारीमा ल्याब स्थापना भयो । त्यही बीचमा पार्टीभित्र खिचातानी सुरु भयो । ओलीलाई पार्टी अध्यक्ष र प्रमबाट नै हटाउने चलखेल भयो । त्यसको उनले जमेर सामना गरे । ३ जना पूर्वप्रम भैसकेका एकातिर, उनी एक्लै अर्कोतिर । प्रतिनिधिसभा विघटन गरे । संविधानमा विघटन गर्ने अधिकार त दिएको छैन । तर, उनले विघटन गरेर सबैलाई कित्ता क्लियर पार्ने मौका दिए । अदालतको फैसला आउने बेलासम्म नेकपा ३ टुक्रा हुने निश्चित भैसकेको थियो । जति टुक्रा भए पनि ओलीलाई प्रम र अध्यक्षबाट कसैले हटाउन सकेनन् । पछि अदालतले नै परमादेश दियो, त्यसपछि प्रमबाट हटे । अत्यन्तै कठिन समयमा पार्टीलाई जोगाए । पार्टी फुट्यो । पुराना सहयात्रीले साथ छोडे । सरकारबाट हात धुनुपर्यो । तर, उनी डगमगाएनन् । कार्यकर्ताहरूलाई हौसला दिइरहे । मुख्य कुरा पार्टी जोगाए, इतिहास जोगाए । २०७९ को ३ तहको निर्वाचनमा एमाले एक्लै लड्यो । तराईका एकाध सीटमा चैँ तालमेल गर्यो । काङ्ग्रेस, माओवादीलगायत ६/७ वटा दलको गठबन्धन हुँदा समेत प्रत्यक्षमा ४४ र समानुपातिक २८ लाखभन्दा बढी मत ल्याएर ठूलो दल समग्रमा दोस्रो दल बनाउन सफल भए ।
यति लामो गन्थनमन्थन त गरियो । चीनमा ‘चेयरम्यान माओ’झैं नेपालमा पनि अध्यक्ष ओली बन्न सक्छन् त ? सम्भावना छ, तर कसरी ? उनले केही कार्यभार पूरा गर्नुपर्छ । ती कार्यभारहरू निम्नानुसार छन्ः
- पार्टीमा फरक विचारलाई निषेध नगर्ने ।
- भीमकाय कमिटीलाई चुस्त बनाउने ।
- पार्टीमा विचारको बहस व्यापक बनाउने ।
- आफूलाई चाकरी गर्नेहरूको पहिचान गरी नजिक आउन नदिने ।
- अवसरवादी चरित्र भएकाहरूलाई कमिटीमा स्थान नदिने ।
- आधारभूत तहमा पार्टीकाे गिरेको साख फर्काउन लागिपर्ने ।
- पार्टीका नेता कार्यकर्ताहरूलाई श्रम र उत्पादनसँग जोड्ने ।
- श्रम शिविर सञ्चालन गर्ने ।
- पार्टीको मूल प्रवाहमा नरहेका पार्टीका आस्थावान नेता कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिने ।
- ‘बा’मात्र भनेर पछि लागेर हिँड्नेहरुलाई वैचारिक रूपमा स्पष्ट हुन निर्देशन दिने ।
- नैतिक पतन भएका, आर्थिक हिनामिना गरेका, सामाजिक पूँजी गुमाएकाहरूलाई नजिक पर्न नदिने र पार्टीमा स्थान नदिने ।
- बिचौलिया प्रवृत्तिका कार्यकर्ताहरूलाई निषेध गर्ने ।
- भ्रष्टाचारीहरुप्रति निर्मम हुने ।

Leave a Reply