ओलीले गरेका निर्णय रोक्न नेपाल पक्ष पुग्यो निर्वाचन आयोग (पत्रसहित)

काठमाडौं । नेकपा एमाले भित्रको विवाद निर्वाचन अयोगसम्म पुगेको छ।

एमालेको केपी शर्मा ओली पक्षले शुक्रबार आफू पक्षीय सांसदहरुको विशेष बैठक राखेर माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने र पूर्व माओवादीका तर्फबाट २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।

ओली पक्षले गरेका ती निर्णयहरुको कार्यान्वयन रोक्न माग गर्दै नेपाल पक्षले आइतबार निर्वाचन आयोगमा पत्र बुझाएको छ।

पत्रमा ओली पक्षले गरेको निर्णयलाई वैधानिकता नदिन अनुरोध गरिएको छ। उक्त पत्रमा नेपाल पक्षका ११ जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर गरेर गरेका छन्।

पत्रमा पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने जिकिर गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *