काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई नछाड्ने प्रतिबद्धता जाहेर गरेका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै निर्दोष नफस्ने गरी छानिन गर्न निर्देशन दिएको बताए। अहिले अदालतमा पुगिसकेकाले अदालतबाट दूधको दूध पानीको पानी हुने बताए।
उनले भने, ‘यो पहिलाबाट चल्दै आएको विषय रहेछ। सरकारको अनुसन्धान पनि होइन। यो सरकारको पालामा सुरु भएको कुरा पनि होइन। सरकारले आविष्कार गरेर भ्रष्टाचार विरोधी अभियान थालेको पनि होइन। हिँड्दै जाँदा देखा पर्यो। त्यसलाई ह्याण्डल गर्ने भन्ने चुनौती थियो मैले यो विषयमा दोषीलाई कारबाही गर्ने गरी निर्देशन दिएको हुँ। ’
उनले अन्य क्षेत्रमा भएका बेथितीमा सरकार प्रतिबद्ध रहेको बताए। उनले सरकारको कदमले जनता जोडिन थालेको जिकिर गरे।

Leave a Reply