सदनबाट प्रधानमन्त्रीको आह्वान- तीतामिठा मनोभावना भुलेर संकट समाधान गर्न एक होऔँ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देश संकट परेका बेलामा राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै संस्थागत भ्रष्टाचारदेखि आर्थिक संकटको सामना गर्न एकजुट हुनुपर्ने बताए।

उनले भने, ‘सत्तापक्ष र प्रतिपक्षका आआफ्ना भूमिका छ। तर राष्ट्रिय समस्या समाधान गर्नका एक ठाउँमा उभिन आवश्यक छ। हामीले समझदारी र सहमति गर्नु आवश्यक छ। केही तीतामिठा मनोभावना छन्। तर, राष्ट्र र जनताको हितमा काम गर्नका लागि एक ठाउँमा उभिनुपर्छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *