एमालेलाई प्रचण्डको प्रश्न- यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ भनेर किन नमान्ने ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले दोस्रो गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेको भएपनि एमालेको पनि लगानी रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै आफू एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेको एमालेले पनि स्वीकार्नु पर्ने बताए।

उनले भने, ‘मैले विश्वासको मत लिँदा सिङ्गो हाउसको समर्थन भयो। म प्रधानमन्त्री भएको पहिलो गठबन्धनबाट हो। प्रधानमन्त्रीको हैसियत पहिलो गठबन्धनका साथी र दलका नेताहरूले पनि यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ। आफ्नो पनि योगदान छ भनेर किन नमान्ने ? यसलाई नेगेटिभ मात्रै किन ? पोजेटिभ हिसाबले हेर्‍यो भने सहमतिको आधार छ भनेर किन नबुझ्ने ?’

यो नीति तथा कार्यक्रम दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रमलाई समेटेर ल्याइएको जिकिर गरे।

Comments

One response to “एमालेलाई प्रचण्डको प्रश्न- यो प्रधानमन्त्रीमा आफ्नो पनि लगानी छ भनेर किन नमान्ने ? (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    शुरूको प्रचण्डमा हो एमालेको लगानी । काँग्रेस गन्हाउने प्रचण्डलाई एमालेको समर्थन छैन । दिल्लीको निर्देशन र जोडजाममा बनेको दिल्लीको सेवकलाई एमालेको समर्थन छैन । कुरा प्रष्ट छ त । अब प्रचण्डलाई काँग्रेसले छोडिदिन सक्छ आम चुनाव लगत्तैजस्तै । पहिला काँग्रेसले छोडदा एमालेले च्याप्यो र प्रचण्ड बचे ।नत्र भित्तामा पुगिसकेका थिए ।अब पनि काँग्रेसले लात हानेको प्रचण्डलाई एमालेले नच्यापोस् । सबैको लात खाएर भित्तामा नपुर्याई देशले शान्ति पाउदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *